६ मंसिर २०८१ बिहीबार
image/svg+xml

सशस्त्र प्रहरीमा दुई एआइजी र नेपाल प्रहरीमा तीन डिआइजी थप गर्ने कसरत

सशस्त्रमा प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रशासनका लागि एआइजी दरवन्दी थप गर्न लागिएको हो भने प्रहरीमा लागुऔषध नियन्त्रण व्यूरो, ट्रािफक महाशाखा, त्रिभुवन विमानस्थलमा सुरक्षा गार्डका लागि डिआइजीको दरवन्दी थप गर्न लागेको हो ।

काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ

प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार २० जनालाई नियन्त्रणमा लिएको छ।

चौबिस फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा फरार २४ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो।

विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव

‘पर्याप्त जनशक्ति र प्रविधि नहुँदा केही घटना फछ्र्योट हुन बाँकी छन्’, प्रहरी निरीक्षक बस्नेतले भने।

कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजना पक्राउ

सुर्खेत लेकबेँसी गाउँपालिका–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९ मा बसोबास गर्दै आएका ४३ वर्षीया होमबहादुर फौजामगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा संलग्न रहेको जनाउँदै प्रहरीले तीनजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।

ताप्लेजुङ प्रहरीको नागरिक सुनुवाइमा मञ्जुलको हिरासतदेखि उपभोग्य वस्तुको सहज आपूर्तिसम्म

व्यक्ति बेपत्ता कसुरमा लामो समय थुनामा रहेका मञ्जुल १२ दिनअघि तारेखमा रिहा भएका छन्। उनीमाथि फुङलिङ नगरपालिका–४ निवासी मानसिक अस्वस्थ रहेका वीरेन्द्र फेम्बु लिम्बूलाई परिवारको स्वीकृति बेगर गाडीको टिकट काटी उपत्यकातर्फ पठाएको आरोप छ। भक्तपुरस्थित आफ्नो घर आश्रम नेपालमा वीरेन्द्र सकुशल भेटिएपछि मञ्जुलको हिरासत बसाइलाई मञ्जुल र उनका समर्थकले ‘गैर न्यायिक’ दाबी गर्दै आइरहेका छन् ।

धनुषामा थुनुवा कक्षको भेन्टिलेशन फोडेर भागे ९ जना थुनुवा

सोमबार बिहान करिब साढे तीन बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

एन्फा महिला लिग : टुंगियो कोशीको अपराजित यात्रा, पुलिस शीर्ष स्थानमा

कोशीलाई हराउँदै पुलिस भने तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट पुलिस दोस्रो स्थानमा छ ।

काठमाडौंको सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या, दुई जना पक्राउ

काठमाडौंको सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या भएको खुलको छ। गत बिहीबार बिहान ९ बजे गोकर्णेश्वर नगरपालिका-१ को सुन्दरीजलको बोक्सेदहमा ढुंगामा च्यापिएको अवस्थामा भेटिएकी महिलाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बलात्कार आरोपमा बैतडीका एक स्वास्थ्यकर्मी पक्राउ

पीडित युवतीले स्वास्थ्यकर्मी धामीले आफूलाई विभिन्न प्रलोभनमा पारेर पटक–पटक जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । जाहेरीकर्ता युवती अविवाहित र स्वास्थ्यकर्मी रहेकी बुझिएको छ। आरोपित धामी भने विवाहित हुन ।

एकैपटक ५ सय ८७ जना प्रहरी निरीक्षकहरूको सरुवा (सूचीसहित)

प्रहरी महानिरिक्षकको निर्णय अनुसार प्रचलित नियमानुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी निरिक्षकहरूको सरुवा गरिएको हो।

जुम्ला कारागारका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण

जिल्ला प्रहरी कार्यालयको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नि:शुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्