२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौं महानगरले रोक्यो नेसनल अस्पतालको फोहोर संकलन

कलंकीमा रहेको नेपाल नेसनल अस्पतालले जोखिमपूर्ण फोहोरको उचित व्यवस्थापन नगरेको भेटिएपछि काठमाडौं महानगरले फोहोर सङ्कलनमा रोक लगाएको छ।

महानगरपालिकाको टोलीले अनुगमनको क्रममा अस्पतालले जोखिमपूर्ण फोहोरको उचित व्यवस्थापन नगरेको भेटेको थियो। 

२०८० फागुनमा जोखिमपूर्ण फोहोर निर्मलीकरण गरेर व्यवस्थापन गर्छु भनेर प्रतिबद्धता थियो। यसपछि चैत १० गते गरिएको अनुगमनमा सुधार थिएन।

अस्पतालले प्रतिबद्धता दोहोर्‍याएपछि अनुगमन टोली सुधारको मौका दिएर फर्किएको थियो।

यसपछि चैत १६ गते अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहर व्यवस्थापनका फोका पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन सम्बन्धी १ दिने तालिम प्रदान समेत गरेको थियो। 

प्रकाशित: १० भाद्र २०८१ १७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App