२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

मर्स्याङ्दी बस दुर्घटना: ३१ जनाको उद्धार

मर्स्याङ्दी नदीमा दुर्घटनामा परेका ३१ जनाको उद्धार भएको छ।

सशस्त्र प्रहरी बल कुरिनटारका प्रमुख माधवप्रसाद पौडेलका अनुसार दुर्घटनामा परेका ३१ जनाको उद्धार भएको छ भने अन्यको उद्धार गरिँदै छ।

दुर्घटनामा परी अहिलेसम्म १४ जनाको मृत्यु भएको छ। उनीहरूको सनाखत हुन बाँकी छ।

 

यो पनि पढ्नुहोस्

मर्स्याङ्दी दुर्घटना: महाराष्ट्रबाट तीन बसमा नेपाल आएको थियो १०४ जनाको टोली

 

शुक्रबार बिहान साढे ११ बजे तनहुँको आँबुखैरेनी-२ ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दीमा खसेको हो।

बस भारतको महाराष्ट्रबाट १०४ जनाको टोली १० दिनको भ्रमण तालिकासहित दुई दिनअघि नेपाल प्रवेश गरेको थियो।

 

यो पनि पढ्नुहोस्

मर्स्याङ्दी बस दुर्घटना: बसमा चालक र सहचालकसहित ४३ जना भएको पुष्टि

 

महाराष्ट्र प्रान्तको जलगाउँ जिल्लास्थित भुसाल गाउँबाट उक्त टोली तीन बस लिएर आएको थियो। दुई दिन पोखरा घुमेर शुक्रबार तीन वटै बस काठमाडौँका लागि हिँडेका थिए। तीनैमध्येको एक बस मर्स्याङ्दी नदीमा दुर्घटनामा परेको हो।

तीन वटै बसमा अधिकांश परिवार र आफन्तहरू यात्रारत रहेको सशस्त्र प्रहरी बल कुरिनटारका प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए।  

 

यो पनि पढ्नुहोस्

मर्स्याङ्दी  बस दुर्घटना अपडेटः १४ जनाको मृत्यु, सनाखत हुन बाँकी

 

प्रकाशित: ७ भाद्र २०८१ १४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App