२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सांस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु हुँदैनः उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु नहुने बताएकी छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सांस्कृतिक कार्यक्रमहरुमा कुसंस्कारका पक्षहरुको गन्ध आउन नहुने पनि उल्लेख गरिन्।

सांस्कृतिक कार्यक्रममा कुसंस्कार र राजनीतिका गन्ध आउन नदिन सबै जना एकजुट हुन आवश्यक रहेकोमा उनले जोड दिइन्।

उनले भनिन् ‘सांस्कृतिक कार्यक्रमहरुमा कुनैपनि राजनीतिक गन्ध आउनु हुँदैन। कुसंस्कारका पक्षहरुको गन्ध आउनु हुँदैन। त्यसलाई न्युनिकरण गर्न हामी सबै जना एकजुट हुन आवश्यक छ। यो विशुद्ध सांस्कृतिक पर्व हो। सबैजना रमाउने र खुशी हुने पर्व हो। यो रमाउने, खुशी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका हर्दम सम्पूर्ण सरोकारवाला निकायहरुसँग नजिकबाट नै काम गरिरहेका छौं।’

उनले रमाउन र खुशी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका सरोकारवाला निकायहरुसँग नजिकबाट नै काम गरिरहेको बताइन्।

प्रकाशित: २७ भाद्र २०८१ २१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App