२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

मर्स्याङ्दी बस दुर्घटना: बसमा चालक र सहचालकसहित ४३ जना भएको पुष्टि

मर्स्याङ्दी नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा ४३ जना यात्रु भएको पुष्टि भएको छ।

प्रहरीले दिएको जानकारी अनुसार दुर्घटना भएको बसमा चालक र सहचालकसहित ४३ जना सवार थिए। दुर्घटना भएको गाडी पोखराबाट काठमाडौंँ जाँदै गरेको बताइएको छ।

शुक्रबार दिउँसो १२:५५ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको घटनास्थलमा खटिएका सशस्त्र प्रहरीले जनाएको छ।

उद्धार गरिएका १६ जना घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ भने अन्यको उद्धार कार्य जारी छ।

प्रकाशित: ७ भाद्र २०८१ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App