२१ माघ २०८२ बुधबार
image/svg+xml
समाज

कोशीका ५ पालिकामा वृद्धिमुखी रोजगारी कार्यक्रम सुरू

कोशी प्रदेशका ५ वटा पालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु भएको छ।

३ करोड ७५ लाख रुपैयाँको लगानीमा सञ्चालन हुने कार्यक्रमको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबिच त्रिपक्षीय सम्झौता भएको हो।

झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछ।

उद्योग कृषि तथा सहकारी मन्त्रालयले सुरु गरेको कार्यक्रममा प्रदेश सरकारले ४० लाख, पालिकाहरूले २० लाख र दायित्वले १५ लाख रुपैयाँ लगानी गर्नेछन्। सम्झौता कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरिबी हटाउने र उद्यमशीलता बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए।

उनले रोजगार वृद्धि गर्न र बजारीकरणको लागि प्रदेश सरकार लागिपरेको बताउँदै यसले प्रदेशको समृद्धिमा योगदान पुग्ने दाबी गरे। कार्यक्रमबाट २०० व्यक्तिलाई उद्यमशीलता विकास गर्न सहयोग पुग्ने र त्यसबाट करिब १ लाख २५ हजार नागरिक लाभान्वित हुने दायित्वका कार्यकारी निर्देशक डा.पुकार मल्लले जानकारी दिए।

प्रकाशित: २९ श्रावण २०८१ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App