४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हरेक वर्ष हराउँछन् १२ हजार बालबालिका

नेपालमा अनुमानित १९ लाख मानिसहरू मानव बेचबिखनको जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) को २०२२ को एक प्रतिवेदनले देखाएको छ।

मंगलबार मानव बेचबिखनविरुद्धको विश्व दिवसको अवसरमा यूएसएड्ले आयोजना गरेको एक कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो । 

त्यसमध्ये हरेक वर्ष ७ हजारदेखि १२ हजार नेपाली बालबालिकाहरू बेचबिखनमा परेको मानव अधिकार आयोगकाे प्रतिवेदनमा उल्लेख छ। 

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले नेपालमा मानव बेचबिखनको वर्तमान अवस्थाबारे चर्चा गर्दै त्यसमा सरकारले गर्ने सम्बोधनलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे।

यूएस्एड्की कार्यवाहक मिसन डिरेक्टर करेन वेल्चले मानव बेचबिखनविरुद्धको लडाइमा नेपाल सरकार र सरोकारवालाहरूलाई सहयोग गर्न यूएस्एड् प्रतिबद्ध रहेको बताए।

यसैगरी प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले मानव बेचबिखनमा हाम्रो स्थिति सुधार गर्न नीतिहरूका साथै साझेदारी र सहकार्यलाई सुदृढ पार्नुपर्ने बताए।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले सरकारले नागरिक समाजका संस्थाहरू र निजी क्षेत्रसँग हातेमालो गर्दै पीडित र प्रभावित बालबालिकाहरूको पहिचान, उद्धार र पुनर्स्थापना लागि काम गर्नुपर्ने बताइन्।

विश्व दिवसका अवसरमा आयोजित कार्यक्रममा यूएसएड् हाम्रो सम्मान २ ले मानव बेचबिखन विरुद्धका कार्यहरूलाई तीव्रता दिने प्रतिबद्धताको घोषणा पत्र जारी पनि गरेको छ।  

प्रकाशित: १५ श्रावण २०८१ १७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App