२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।  

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको मृत्युको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नकर्मी विसं २०२१ असार २० गते जन्मेका थिए । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

नकर्मीको बिहिबार  निधन भएको हो । फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाडौ उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ । ‘उहाँको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौँ उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको । उहाँले यस फोरममा रही पुर्‍याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन्’, विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यका मेयर्स फोरम परिवार यो अपूरणीय क्षतिको दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । उहाँको निधनबाट उपत्यकाका सबै पालिकाहरू मर्माहत भएका छन् ।’ 

यसैबीच चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पनि विज्ञप्ति जारी गर्दै नकर्मीका असामयिक निधन भएकामा नगरपालिका परिवार अन्यन्त मर्माहत भएको र यस दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले  यही साउन १३ गते चन्द्रागिरि नगरपालिका र मातहतका निकायमा शोक बिदा गरिएको जानकारी दिए । 

प्रकाशित: ११ श्रावण २०८१ २०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App