२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

ग्वार्कोको सनलाइट गेष्टहाउसमा बेहोस भएकी युवतीको मृत्यु

ललितपुर महानगरपालिका–७ ग्वार्कोको सनलाइट गेष्टहाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ। सनलाइट गेष्ट हाउसमा उनी शुक्रबार बिहान बेहोस अवस्थामा फेला परेकी थिइन्।

उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भइ हाल सातदोबाटो बस्दै आएका सन्दिप बिकसँग बिहीबार राती ९ बजे गेस्ट हाउसमा आएकी थिइन्।

बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पताल लगिकोमा उपचारकै क्रममा आज बिहान सात बजे  उनको मृत्यु भएको प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए।

प्रहरीका अनुसार युवतीसँगै रहेका सन्दिपको पनि श्वास प्रश्वासमा समस्या आएको बताएपछि प्रहरीको निगरानीमा बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ११ श्रावण २०८१ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App