२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

आज काठमाडौंका यी स्थानमा ६ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौंको मातातीर्थ क्षेत्रमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु सहायक वितरण केन्द्रको मातातीर्थ फिडर अन्तर्गतका क्षेत्रहरूमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

यी क्षेत्रहरूमा हाइटेन्सन पोल मर्मत गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। 

सोअनुसार महादेवस्थान, इटाखेल, घुमाउने, गोदाम, मंगलदोय, नागढुंगा, चिसापानी, बसुन्डोल, इन्द्रथान, झांगाझिटी, कुखुरेचौर, महेशपथ लगायतका क्षेत्रहरूमा बिजुली काटिनेछ।

यस्तै,काम निर्धारित समयअगावै सम्पन्न भए तोकिएको समयभन्दा अगावै विद्युत सेवा सुरू हुने पनि प्राधिकरणले जनाएको छ।

प्रकाशित: ११ श्रावण २०८१ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App