२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

तानसेनका किसानलाई अनुदानमा कृषियन्त्र तथा मौरीघार वितरण

जिल्लाको तानसेन नगरपालिकाले किसानलाई कृषियन्त्र तथा मौरी घार वितरण गरेको छ। नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हातेट्रयाक्टर, मौरीघार र डिजिटल तराजु प्रदान गरेको हो।

नगरपालिकाले वडा कार्यालयबाट सिफारिस भएर आएबमोजिम ४७ जनालाई हातेट्रयाक्टर, चार सय ८५ जनालाई मौरीघार तथा मौरीजन्य सामग्री र ५८ जनालाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले जानकारी दिए।

कृषियन्त्र खरिदबापत हातेट्रयाक्टर, चापकटर र डिजिटल तराजु गरी ४० लाख र मौरीजन्य सामग्रीका लागि २० लाख वितरण गरिएको नगरपालिकाले जनाएको छ। उपलब्ध बजेट र किसानको मागका आधारमा नगरभित्रका विभिन्न व्यक्ति, समूह, फार्म र सहकारीलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरिएको हो। 

प्रकाशित: ११ श्रावण २०८१ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App