२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

चितवनमा कयर खोलाले बगाउँदा एकजनाको मृत्यु

फाइल तस्बिर

चितवनको कालिका नगरपालिका–१० तीन दोभानस्थित कयर खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ।

कालिका–१० तुईकराङका ३३ वर्षीय गम्भीर चेपाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

बिहीवार साँझ ७ बजेको समयमा सिद्धिबजारबाट घर फर्कने क्रममा कयर खोलाले उनलाई खोलाले बगाएको थियो।

खोलाले बगाएर बेपत्ता भएका उनको आज बिहान ६ः२० बजेको समयमा शव फेला परेको हो। खोलाले बगाएको ठाउँबाट करिब डेढ किलोमिटर तल निपुवाटारस्थित खोला किनारमा चेपाङको शव फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

प्रकाशित: ११ श्रावण २०८१ ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App