२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

ऐतिहासिक मूर्तिसहित दुई पक्राउ

पहेँलो धातुको ऐतिहासिक मूर्तिलगायत अटो मोबाइलका विभिन्न पाट पुर्जासहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएकाे छ।

बुधबार बाँसगढी नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग अन्तगत पश्चिमबाट पूर्वतर्फ अवैध रुपमा लैजाँदै गरिएका उक्त सामग्रीसहित उनीहरु प्रहरीको फन्दामा परेका हुन्।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ लालपुरका २१ वर्षीय संजय राढ र भारत, बहराईच लौकाहीका ४८ वर्षीय जब्बर खाँ रहेका छन्।

उनीहरु सवार भे १ च १६९७ नम्बरको पिकअफ भ्यान शङ्का लागी चेकजाँच गर्ने क्रममा पहेँलो धातुको मूर्तिसहित अन्य सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुलसीराम अर्यालले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका राढ भ्यानका चालक हुन् भने खाँ सहयोगी हुन्। भ्यानमा १४ पोका भित्र विभिन्न किसिमका मूर्तिसहित अन्य सामान फेला परेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार देवी भगवतीको पहेँलो धातुको जस्तो देखिने मूर्ति, नरसिंह देवको मूर्ति, बायुपंखी गाई जस्तो देखिने मूर्ति, सिंह जस्तो देखिने मूर्ति एक/एक थान उनीहरुकाे साथबाट बरामद गरिएकाे छ।

यसैगरी पहेँलो धातुको नन्दीको मूर्ति ४ थान र कालो धातुको टुकी ११ थान र भ्यागुता, फुलदानी, करुवा, कलश, पानी पिउने प्याला, पानस, घण्ट र सन्दुक एक/एक थान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित: १० श्रावण २०८१ १८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App