२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

हुम्लाको सर्केगाढका सबै वडामा इन्टरनेट

सर्केगाढ वडाहरूमा इन्टरनेट लैजान एभरेष्ट नेटले बनाएको टावर।

हुम्लाको सर्केगाढ गाउँपालिकाको दुर्गम वडाका रूपमा रहेको ६ नम्वर वडामा पहिलोपटक इन्टरनेट पुगेको छ। ६ नम्वर वडा निकै दुर्गम वडाका रूपमा रहेको छ। योसँगै सर्केगाढका ८ वटै वडामा इन्टरनेट सुविधा पुगेको हो।

दुर्गमलाई प्राथमिकता दिएर एभरेष्ट नेटले आफ्नो सेवा विस्तार गरेको छ। वायरलेस प्रविधिबाट नेट सेवा दुर्गममा कम्पनीले दिएको हो। दुर्गममा इन्टरनेट सुविधा पाएपछि कर्मचारी, जनप्रतिनिधिदेखि स्थानीयहरू हर्षित छन्।

दुर्गम गाउँमा पहिलोपटक नेट चलेपछि निकै खुसी लागेको सर्केगाढ गाउँपालिका-६ का वडाध्यक्ष पदम शाहीले बताए। ‘जनताको काममा नेट आएपछि अझ सजिलो हुनेछ।’

अध्यक्ष शाहीले भने, वडामा एभरेष्ट नेट सञ्चालनमा आएसँगै जनप्रनिधि, कर्मचारी र जनतामा खुसी साटेका छौं।’

सर्केगाढका सबै वडा कार्यालयमा इन्टरनेट सेवा दिईएको एभरेष्ट नेटका प्राविधिक विक्रम वलीले बताए। हुम्लाको चंखेली, अदानचुली, ताजाकोट लगायतका दुर्गम स्थानमा इन्टरनेट यसअघि नै पुगिसकेको छ। सिमकोट र हिल्सामा नेटको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशका दुर्गम २२ जिल्लामा एभरेष्ट नेटले आफ्नो सेवा दिएको छ। एभरेष्ट नेटले कर्णालीसहित १२ जिल्ला फाइवर प्रविधिबाट सेवा दिएको छ। 

प्रकाशित: १० श्रावण २०८१ ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App