२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

दैलेखमा जङ्गली च्याउ खाँदा ४ जना बिरामी

जङ्गली च्याउ खाँदा दैलेखमा चार जना बिरामी परेका छन्।

डुगेश्वर गाउँपालिका –२ लाकुरीमा च्याउ खाँदा एकै घरका चार जना बिरामी परेका हुन्।

बिरामी हुनेमा बर्ष ३० कि अमृता बिक, १३ वर्षीया छोरी मिना, ९ वर्षीया छोरी रन्जना, ५ वर्षीया छोरी शर्मिला रहेको जनाइएको छ। च्याउ खाएदेखि उनीहरु बिरामी परेको २ का वडाअध्यक्ष याम बहादुर विष्टले बताए।

बिरामीहरूमा लगातार बान्ता हुने भइरहेको छ। उनीहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।

प्रकाशित: १० श्रावण २०८१ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App