२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

कुलोमा काम गर्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु

<br>

कालीकोटको पचालझरना गाउँपालिका-९ स्थित तिखाली भीरबाट लडेर एक वृद्धको ज्यान गएको छ।

पचालझरना गाउँपालिका वडा नम्बर-९ का ६६ वर्षीय धिरबहादुर शाहीकाे मृत्यु भएको हाे। उनी मंगलबार दिउँसो १ बजे पानी कुलोमा काम गर्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा रास्कोटमा उनको मृत्यु भएको हाे। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०८१ १८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App