२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सिमलताल दुर्घटनाः प्राविधिक शंस्कास्पदका आधारमा केराबारीसम्म आज खोजि गरिँदै

चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको आज १२ औँ दिन पनि खोजी कार्य जारी छ। 

नेपाली प्राविधिले मात्र सफल नभएपछि नेपाल र भारतका दक्ष गोताखोर र प्राविधिकसहितको संयुक्त टोलीले आइतबारदेखि निरन्तर खोजि गरिरहेको छ।

 आज बिहान घटनास्थलदेखि केराबारीसम्म खोजी गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। यस क्षेत्रमा यसअघि पनि पटक पटक खोजि गरिएको थियो। उक्त क्षेत्रममा प्राविधिक रुपमा केहि शंकास्पद रहेका कारण पुनः खोजि गर्न लागिएको यादवले जानकारी दिए।

यसअघि सिमलतालबाट साढे तीन किलोमिटरको दूरीमा रहेको घुमाउनेबाट देवघाटसम्मको १६ किलोमिटर, देवघाटबाटदेखि काभ्रेघाट क्षेत्रमा  नेपाल र भारतका दक्ष गोताखोर टोलीले खोजि गरिसकेका छन्।

भारतको राष्ट्रिय आपदा मोचन बलबाट आएका १२ जनाको प्राविधिक टोली पनि खोजी कार्यमा संलग्न छ।

घटनामा परी हराइरहेका यात्रुमध्ये अहिलेसम्म २५ जनाको शव फेला परेकामा १९ जनाको शव सनाखत भएर परिवारको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। सनाखत भएका शवमध्ये १४ जना नेपाली नागरिकका छन्। शव भेटिएका मध्ये २१ जना पुरुष र ४ जना महिला छन्। सनाखत भने १६ पुरुष र तीन जना महिलाको मात्र भएको छ। असार २८ गते दुईवटा बस दुर्घटना हुँदा ६२ यात्रु बेपत्ता भएका थिए।

प्रकाशित: ८ श्रावण २०८१ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App