२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीमा अपरिचित समूहद्वारा पूर्व राज्यमन्त्री रायको हत्या

सर्लाहीमा एकजना पूर्व सांसद रामचन्द्र रायको अपरिचित समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ।

घरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको हो।

चन्द्रनगर गाउँपालिका वडा नम्बर १ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गयराति करिब १ बजेतिर उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए।

८० वर्षीय रायको हत्याबारे जानकारी पाउनासाथ मधेस प्रदेशका डिआईजी यज्ञ विनोद पोखरेल र सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर सिंहसहितको टोली घटना स्थल पुगेका थिए।

उनको हत्याको कारणबारे भने खुल्न नसकेको पनि बताइएको छ।

घटना स्थलमा तालिम प्राप्त कुकुर समेत परिचालन गरी घटनाबारे अनुसन्धान सुरु भएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी श्रेष्ठले बताए।

प्रकाशित: ७ श्रावण २०८१ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App