२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

तपाईकाे आजकाे राशिफल

मेष राशिः ज्ञान क्षेत्रमा रुचि मध्यम छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ। मधुर भोजन र सामाजिक कार्यमा धन खर्च हुने योग देखिन्छ। कानमा सामान्य समस्या देखिन सक्छ। पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

वृष राशिः नयाँ कार्यमा धन लाभ हुने दिन छ। सहयोग नलिई आफै कार्य गर्नु होला। पठन, लेखनमा रुचि बढ्ने छ। कार्य क्षेत्रमा प्रभुत्व बढाउन केही सफल भइने छ। दाम्पत्य व्यापार व्यवसायमा मध्यम देखिन्छ।

मिथुन राशिः अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। धातु सम्वन्धी व्यवसायमा धन खर्च हुने समय छ। परिवारका केही सदस्यमा स्वास्थ्य समस्या देखिन सक्छ। लगानीबाट उचित लाभ प्राप्त हुनेछ।

कर्कट राशिः पराक्रमबाट कार्यसिद्धि हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। साथीभाइसँग रमाइलो संयोग हुनेछ। पढाइमा कार्यसिद्धि योग छ। वैदेशिक यात्राको समय देखिन्छ।

सिंह राशिः व्यापार व्यवसायमा प्रशंसा प्राप्तिको समय छ। सामान्य कर्ण रोग देखिन सक्छ। पढाइको क्षेत्रमा थोरै बाधा छ। विलासी कार्यमा प्रवेश नगरी, बिचार पुरयाउनु होला। कार्यबाट धन प्राप्त हुने योग छ।

कन्या राशिः सरकारी काम प्राप्त हुने योग छ। व्यवसायमा लगानी गरेमा फल प्राप्त हुने छ। अध्ययानार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। सामान्य  उदर रोग देखापर्न सक्छ। वस्र उद्योगमा सहकार्य गर्दा राम्रो हुन्छ।

तुला राशिः कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। वैदेशिक व्यापार गर्नेलाई दिन राम्रो छ। विलासी कार्यमा रुची नलिनु होला। नवीन कार्य सिद्धिमा हल्का बाधा छ। आर्थिक लाभ हुने दिन छ।

वृश्चिक राशिः अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। विलासी खानपानमा रुचि नगर्नु बेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ। हल्का बाथ रोग देखापर्न सक्ने छ। धार्मिक सेवा कार्यमा सम्मान मिल्ने दिन छ।

धनु राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। बाहिर कार्यमा सामान्य व्यय हुन सक्ने छ। अध्ययनमा सफलता मिल्ने छ। गृह निर्माणको योग छ।

मकर राशिः व्यापारमा फल प्राप्त हुनेछ। स्वास्थ्यमा विकार आउने देखिन्छ। केही व्यक्तिबाट सामान्य धन खर्च हुनेछ। उन्नति प्रगतिमा केही बाधा हुने दिन छ। विद्यार्थीका लागि पढाइ राम्रो हुने दिन रहेको छ।

कुम्भ राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। स्वदेश यात्राको योग छ। भेटघाटमा सहभागी हुनु पर्नेछ। अध्ययनको कार्यमा राम्रो होला। परिवारमा धन आर्जन हुने योग देखिन्छ।

मीन राशिः वाणी सफल हुने समय छ। आर्थिक प्राप्तिमा सफलता मिल्नेछ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। रोजगारीको अवसर मिल्ने दिन छ।

प्रकाशित: ६ श्रावण २०८१ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App