२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

एक हजार भन्दा बढि साइकलिस्टहरूले मनाए कोरा भक्तपुर

साइकल कनेक्ट भक्तपुरको आयोजनामा शनिबार कोरा भक्तपुर भएको छ । ’पैदल र पेडलमैत्री सहर’ भन्ने मुख्य नाराका साथ साइकल यात्रा भएको हो । कोरा भक्तपुरमा देशका विभिन्न जिल्लाहरूका साथै विदेशबाट गरी एक हजार तीन सय साइकलिस्टहरूले सहभागिता जनाएको आयोजकले जनाएको छ । भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले कार्यक्रम गरेको जनाइएको छ ।

साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाका अनुसार च्यालेन्जमा एक सय जना भन्दा बढी महिलाले सहभागिता जनाएका छन् । अध्यक्ष बालाका अनुसार यो पटकको कोरा भक्तपुरमा सहभागीहरूको संख्याले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

सन् २०११ देखि काठमाडौंबाट सुरु भएको कोरा साइक्लिङ च्यालेन्ज नेपालको २० भन्दा धेरै सहर र नेपाल बाहेक सिंगापुर, अस्ट्रेलिया, जर्मनी, अमेरिका, भारत लगायतका देशमा पनि हुने गरेको छ । नेपाली माटोबाट सुरु भएको कोरा साइकल च्यालेन्ज एक पृथक साइक्लिङ कार्यक्रम हो ।

कोरा साइक्लिङ च्यालेन्जको मुख्य उद्देश्य एक स्थापित साइक्लिङ कार्यक्रम मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भक्तपुरलाई चिनाउने अवसरको रूपमा लिइएको छ । कोरामा हरेक उमेर समूह र समुदायका साइकल प्रेमीहरू एक महोत्सवको रूपमा सहभागी हुने हुँदा धेरै भन्दा धेरै साइकलप्रेमीहरूसँग जोडिने अवसर पनि हो ।

कार्यक्रमले स्वास्थ्यप्रति सचेतना बढाउने र वातावरणमैत्री यातायातका साधनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । कोरा भक्तपुरले साइकलिङलाई मात्र प्रोत्साहन गर्ने होइन, भक्तपुरलाई पनि नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रकाशित: ५ श्रावण २०८१ १६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App