२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

एक वर्षमा २ लाख ३१ हजारभन्दा बढीले गरे पाथीभाराको दर्शन

एक वर्षको अवधिमा २ लाखभन्दा बढीले पाथीभारा मन्दिरको दर्शन गरेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा २ लाख ३१ हजार ३ सय ३४ जनाले पाथीभारा मन्दिरको दर्शन गरेका हुन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को बिट मार्ने महिना असारमा मात्र २ हजार ७ सय ५६ जनाले मन्दिरको दर्शन गरेका छन्।

असार महिनामा झन्डै २० लाख ४५ हजार रुपैयाँ भेटि सङ्कलन भएको पनि उनले बताए।

कार्यकारी निर्देशक हाङवाङका अनुसार कूल २० लाख ४४ हजार ९ सय रुपैयाँ भेटि सङ्कलन भएको छ।

प्रकाशित: १ श्रावण २०८१ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App