२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

नेपालगन्जमा प्रतिबन्धित औषधिसहित दुईजना पक्राउ

नेपालगन्जमा प्रतिबन्धित औषधिसहित दुईजना पक्राउ परेका छन्।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहाबाट प्रहरीले पक्राउ उनीहरूलाई पक्राउ गरेको हो।

भारतको रुपैडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेको अवस्थामा कोहलपुर नगरपालिका वडा नम्बर १५ निवासी छोटेलाल थारु र सोही ठाउँ निवासी भुन्सी थारुलाई असार ३० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) नारायण डाँगीले जानकारी दिए।

छोटेलालले चलाएको भे.१० प २२५८ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा मोटरसाईकलमा पछाडी सवार भुन्सीले प्लाष्टिक भित्र भोकेट नामक औषधि एक हजार पिस र निमेसुलिड ट्याब्लेट्स नामक औषधि एक हजार पिस लुकाई–छिपाइ राखेको अवस्थामा बरामद गरी आवश्यक कारवाहीका लागी औषधि व्यवस्था विभाग नेपालगन्जमा पठाइएको प्रहरी प्रवक्ता डाँगीले बताए।

प्रकाशित: १ श्रावण २०८१ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App