२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

जुम्ला पूर्ण खोप सुनिश्चिता र दिगोपना जिल्ला घोषणा

पूर्ण खोप सुनिश्चिता घोषणाका लागि आयोजित कार्यक्रम । तस्बिर गोल्डेन बुढा/नागरिक

जुम्ला पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ ।  

सोमबार आयोजित एक कार्यक्रमका बीच  जिल्लालाई खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो। यस आर्थिक वर्षमा जिल्लाका आठ वटै स्तानीय तहका बालबालिकालाई खोप लगाउन सफल भएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरिक्षक प्रेम सुमाइका अनुसार १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोप पाएपछि पुर्ण खोप सुनिश्चित जिल्ला घोषण गरिएको हो।  

जनस्वास्थ्य कार्यालयका अनुसार जुम्लामा जिल्लाभरका दुई हजार नौ सय २७ बालवालिकाले पुर्ण खोप लगाएका छन्। बालबालिकाले बीसीजी, डिपिटी, दादुरा, रुवेला लगायतका विभिन्न नियमित खोप लगाईएको छ ।  

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताए। रोगको रोकथामका लागि खोपको अत्यन्तै आवश्यक छ।  'स्वास्थ्य सुधार गर्नका लागि सरकारले प्रथामिकता दिदै आएकाले आगामी दिनमा पनि नियमित खोप सुनिश्चतता गर्न आवश्यक देखिन्छ,' उनले भने।  

आगामी वर्षमा पनि जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्र्ने कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता सहित संयुक्त रूपमा हस्ताक्षरसमेत गरिएको छ । यसैगरी जनस्वास्थ्य कार्यालय जुम्लाले पुर्णखोप पूर्ण खोपको सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमा जुम्लाका आठ बटै स्थानीयतह चन्दनननाथ नगरपालिका, सिंजा गाउँपालिका, पातारासी गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, हिमा गाउँपालिकाका स्वास्थ्य शाखालाई सम्मान समेत गरेको छ।

प्रकाशित: ३१ असार २०८१ १७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App