२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

दुई वटा स्कुटर एक आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं  ७ गुण्डु तीन धारेमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

कटुन्जे सुवर्णेश्वरबाट काठमाडौ वल्ड स्कुलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२२ प १७४८ नं. को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१७ प ५०१२ नं. को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो।

 दुर्घटना हुदाँ बाग्मती प्रदेश ०२–०२२ प.१७४८ नं. को स्कुटर चालक भक्तपुर सूर्य विनायक नगरपालिका वडा नं.५ कटुन्जे बस्ने वर्ष २२ को राजाराम थापा मगरको मृत्यु भएको छ । दुर्घटनापछि गम्भीर घाइते भई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

अर्को स्कुटर चालक भक्तपुर सूर्य विनायक नगरपालिका वडा नं. ५ गुण्डु मगर गाउँ बस्ने वर्ष ४९ की पार्वती नगरकोटी घाइते भएको परिसरका सूचना अधिकृत राजन कार्कीले बताए । उनको हाल नजिकैको मध्यपुर अस्पताल थिमि भक्तपुरमा उपचार भइरहेको परिसरका सूचना अधिकृत कार्कीले बताए ।

 दुवै स्कुटर नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको  प्रहरी वृत्त जगातीले जनाइएको छ। 

प्रकाशित: २५ असार २०८१ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App