२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोले घर बगाउँदा स्याङ्जा, तनहुँ र पर्वतमा आठ जना बेपत्ता

अविरल वर्षपछिको पहिरोले घर बगाउँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आठ जना बेपत्ता भएका छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पहिरोले घर बगाउँदा तनहुँ र स्याङ्जामा ३–३ जना तथा पर्वतमा दुई गरि आठ जना बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेकी हिरा नेपाली र सुनमाया कुमालको घरको सामान सार्ने क्रममा आएको पहिरोमा परेर तीनजना बेपत्ता भएका छ । त्यहाँ चार जना घाइते भएका छन्।

बेपत्ता हुनेमा ४० वर्षिया हिरा नेपाली, ३७ वर्षिया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रदेश प्रहरी कार्यालयले बताएको छ। 

त्यस्तै स्याङ्जाको विरुवा गाउँपालिका–६ अर्चलेमा पनि पहिरोमा परेर तीनजना बेपत्ता भएका छन्। प्रहरीका अनुसार पहिरोमा परेर ६५ वर्षीय इश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधव शर्मा र उनकी श्रीमती ६७ वर्षिया हरिमाया शर्मा बेपत्ता भएको प्रहरीले बताएको छ।

आफ्नो घर पहिरोको जोखिममा परेको भन्दै छिमेकीको घरमा बसेका उनीहरुलाई छिमेकीकै घर पहिरोमा परेका थिए। 

त्यस्तै पर्वतमा पनि पहिरोमा परेर दुई जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटास्थित कुलबहादुर उपाध्यायको घर पहिरोले बगाउँदा ४० वर्षीय झलकप्रसाद शर्मा र ३३ वर्षीय तुलसी प्रसाद शर्मा बेपत्ता भएको प्रहरीले बताएको छ।  

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रवीन्द्र रेग्मीका अनुसार पहिरोमा परेका आठजनाको खोजी भइरहेको छ।

‘पहिरोमा परेका सबै जनाको खोजी भइरहेको छ। अवस्था यकिन छैन। प्रहरी, स्थानीबासी परिचालित छन्,’ उनले भने, ‘अविरल वर्षापछिको पहिरोले धेरैतिर क्षति गरेको छ।’

प्रकाशित: २२ असार २०८१ १७:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App