२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

ब्युटी पार्लरबाट लागूऔषधको कारोबार, सञ्‍चालक पक्राउ

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थलीको एउटा ब्युटी पार्लरबाट लागूऔषध विक्री गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । 

सृजना पाण्डेले संचालन गरेको श्रीदीप ब्युटी पार्लरबाट अवैधरुपमा लागू औषध राखी बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्र.नि.को कमाण्डमा ५ जनाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

चितवन भरतपुर महानगरपालिका वडा नं. ७ घर भई भक्तपुर लोकन्थली बस्ने वर्ष ४० की सृजना पाण्डेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको हो ।

उनलाई लागू औषध समेत बरामद गरी प्रहरी वृत्त ठिमीमा राखिएकोमा कार्यालयका सूचना अधिकृत राजन कार्कीले जनाए । 

उनलाई लागू औषध मुद्दामा भक्तपुर जिल्ला अदालतमा विहीबार पेश गरेको उनले जनाए । अदालतले उनलाई ५ दिन म्याद थप भई अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।  

 

यो पनि पढ्नुहोस्

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

 

प्रकाशित: २० असार २०८१ १८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App