२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

लुटपाटमा संलग्न एकजना भारतीय रौतहटबाट पक्राउ

भारत र नेपालको सीमावर्ती क्षेत्रमा लुटपाटको घटनामा संलग्न रहेको भन्दै एकजना भारतीय युवक हतियारसहित रौतहटबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन ग्राम पञ्चायत बसवरिया २ का २० वर्षीय मोनुकुमार जैसवाल रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका जैसवाल भारतीय प्रहरीको पनि मोस्ट वान्टेड सूचीमा रहेको बताइएको छ।

जैसवाललाई रौतहटको मौलापुर ७ बाट घरेलु कटुवा पेस्तोल १ थान र गोली २ राउन्डसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जैसवालमाथि हातहतियार तथा खरखजाना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

गत जेठ २२ मा मौलापुर नगरपालिका ६ पथरा बुधराममा सडकमै एकजना कर्मचारीमाथि गोली प्रहार भएको थियो। बौद्धिमाई नगरपालिका ८ का २४ वर्षीय अरबिन्द कुमार दास मौलापुर बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा नगद जम्मा गर्न गइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको थियो। दासमाथि गोली प्रहार गर्ने अपराधीहरुको खोजी र अनुसन्धान गर्ने क्रममा जयसवाल पक्राउ परेको गिरीले बताइन्।

प्रकाशित: ५ असार २०८१ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App