जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट भागेका एक जना कैदी पक्राउ गरेका छन्। मकवानपुरको कैलाश गाउँपालिका–१० का २४ वर्षीय सविन रुम्बा पक्राउ परेका हुन्।
रुम्बा जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर २०७९ वैशाख २१ देखि सुन्धारास्थित केन्द्रीय कारागारमा सजाय काटिरहेका थिए। सोही क्रममा भदौ २४ गते हुलमुलसँगै उनी जेलबाट फरार भएका थिए।
त्यसयता उनी काठमाडौंको चुच्चे पाटीमा लुकीछिपी बस्दै आएको सूचना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा उनी मंगलबार पक्राउ परेका हुन्।
पक्राउपछि उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवल सुन्धारामा बुझाइएको छ।
प्रकाशित: १३ माघ २०८२ १७:३५ मंगलबार





