१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

पाकिस्तानका कप्तानले भनेः ‘ह्यान्डसेक नगरेको जवाफ मैदानमै दिन्छौँ’

टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेलअघि शनिबार कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा ह्यान्डसेक विवाद चर्किएको छ।पाकिस्तानका कप्तान सलमान अली आगाले ह्यान्डसेक नगरेको प्रसंगमा प्रतिक्रिया दिँदै भने, ‘यसको जवाफ हामी खेल मैदानमै दिन्छौँ।’

त्यसपछि भारतीय कप्तान सूर्यकुमार यादवसँग पनि यही विषयमा प्रश्न सोधियो। उनले छोटो जवाफ दिए, ‘केही घण्टा पर्खनुहोस्, त्यसपछि थाहा पाउनुहुन्छ।’

गत वर्ष सम्पन्न एशिया कप २०२५ मा भारतीय कप्तान सूर्यकुमार यादवसहित सम्पूर्ण भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाएको घटना चर्चामा आएको थियो।

सूर्यकुमारले त्यतिबेला पाकिस्तानसँग हात नमिलाउने निर्णय लिएको बताएका थिए। यो निर्णय पहलगाम आतंकी हमलामा ज्यान गुमाएका भारतीय नागरिकहरूको सम्मानमा गरिएको भनिएको थियो।

यसलाई ‘अपरेशन सिन्दूर’ अवधिमा भारतीय सेनाप्रति समर्थनको रूपमा पनि हेरिएको थियो। भारत र पाकिस्तानबीचको उच्च दबाबयुक्त खेल आज कोलम्बोमा हुँदैछ।

त्यसैगरी आजै विहान ११ः१५ मा नेपाल र वेष्ट इन्डिजको खेल हुने छ भने दिउसो ३ः१५ मा अमेरिका र नामिवियाबीचको खेल हुने छ।

प्रकाशित: ३ फाल्गुन २०८२ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App