२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

महेन्द्रका विश्वासपात्र विश्वबन्धु थापाको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ विश्वबन्धु थापाको शनिबार साँझ निधन भएको छ।

विसं २००७ को क्रान्तिका योद्धासमेत रहनुभएका थापाको उपचारका क्रममा शनिबार मण्डिखाटारस्थित हेम्स अस्पतालमा निधन भएको राप्रपाका नेता राजाराम बर्तौलाले जानकारी दिए। ९८ वर्षीय थापा आठ दशकदेखि नेपालको राजनीति र प्रजातान्त्रिक आन्दोलनका साक्षीका रूपमा रहँदै आएका थिए।

तत्कालीन राजा महेन्द्रबाट २०१७ सालमा चालिएको कदमपछि पञ्चायतलाई वैचारिक र सांगठनिक रूपमा नेतृत्व दिने थापा राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत भएका थिए। उनी नेपाली कांग्रेसको महामन्त्री, तत्कालीन मन्त्रिपरिषद्को उपाध्यक्षसमेत भएका थिए।

उनी तात्कालीन राजा महेन्द्रका विश्वासपात्र र नेपाली कांग्रेसका सभापति बिपी कोइरालाका अनुयायी रहेका राप्रपाका नेता कमल थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। स्वर्गीय थापाको आज अन्त्येष्टि गरिने नेता बर्तौलाले जानकारी दिए।

प्रकाशित: ३ फाल्गुन २०८२ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App