७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयमा सामाजिक विकास अभ्यास सुदृढीकरण परियोजना सुरु

सामाजिक विकासका विद्यार्थीको क्षमता विकासका लागि पूर्वाञ्चल विश्वविद्यालयमा ‘नेपालमा सामाजिक विकास अभ्यास सुदृढीकरण परियोजना’ सुरु भएको छ । युरोपियन यूनियनको सहयोग, ओष्ट्राभा विश्वविद्यालय, चेक रिपब्लिक, स्पेनको राष्ट्रिय दूर शिक्षा विश्वविद्यालयको सहकार्यमा २०२६ जनवरीदेखि सुरु भएको परियोजना सन् २०२८ सम्म सञ्चालन हुने जनाइएको छ ।  

परियोजनाले सामाजिक कार्यका ३० जना प्राध्यापकलाई प्रशिक्षकको रुपमा विकास गर्ने  र  प्रशिक्षित प्रशिक्षकहरूले विभिन्न सामाजिक संघ संस्थासँग मिलेर काम गर्ने जनाइएको छ । पूर्वाञ्चल विश्वविद्यालयसँगै त्रिभूवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालयमा समेत एकैसाथ सञ्चालनमा आएको परियोजनाले नेपालभरका ६ सय जना सामाजिक विकास कार्यका विद्यार्थीहरूको क्षमता अभिबृद्धि गर्ने लक्ष राखेको छ । 

परियोजनाका स्रोतव्यक्तिहरू प्राध्यापक डाक्टर एन्टिनो लोपेज र  डा इनेश मार्टिनेजले  पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा माघ १२ गते  सामाजिक कार्यका विद्यार्थी र प्राध्यापकहरूसँग छलफल गरेका छन्  । यस्तै माघ १३ गते  सामाजिक कार्यको अध्ययन सकेर काम गरिरहेका विद्यार्थी र सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन्  । विराटनगर स्थित बालसुधार गृह, सिविन नेपाल, रिचमण्ड फेलोसिपको पनि अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । छलफल मुख्यगरी नेपालमा सामाजिक कार्य शिक्षाको अवस्था, चूनौतिहरू, संभावना, अवसर र पाठ्यक्रममा गर्नुपर्ने सुधारमा केन्द्रित रहेको पूर्वाञ्चल विश्वविद्यालय सामाजिक कार्य विभागले जनाएको छ ।  

प्रकाशित: १३ माघ २०८२ १७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App