आइसिसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिज र जिम्बाबेले आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् ।
समूह चरणको आफ्नो अन्तिम खेलमा बिहीबार जिम्बाबेले आयोजक श्रीलंकालाई ६ विकेटले पराजित गर्यो । समूह 'बी'मा ४ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर-८ मा प्रवेश गरेको जिम्बाबेले आयरल्यान्डसँग भने अंक बाडेको थियो । अस्ट्रेलियालाई २३ रनले हराउँदै सनसनी मच्चाएको जिम्बाबेले समूह चरणको आफ्नो पहिलो खेलमा ओमानलाई ८ विकेटले हराएको थियो । यो समूहबाट ६ अंकसहित श्रीलंका पनि सुपर-८ मा प्रवेश गरेको छ ।
समूह 'सी'मा रहेको वेस्ट इन्डिजले समूहचरणका सबै चार खेल जित्यो । पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रनले हराएको क्यारेबियन टोलीले दोस्रो खेलमा इंल्यान्डलाई ३० रनले र तेस्रो खेलमा नेपाललाई ९ विकेटले पराजित गरेको थियो । बिहीबार समूह चरणको आफ्नो अन्तिम खेलमा उसले इटलीलाई ४२ रनले पाखा लगायो ।
यो समूहबाट ६ अंक भएको इंल्यान्डले शीर्ष ८ मा स्थान बनाएको छ ।
सुपर-८ को आफ्नो पहिलो खेलमा सोमबार वेस्ट इन्डिज र जिम्बाबे आमने-सामने हुनेछन् ।
प्रकाशित: ७ फाल्गुन २०८२ २०:४१ बिहीबार


-600x400.jpg)


