२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

पाल्पामा लोडर दुर्घटना हुँदा सहचालकको मृत्यु

पाल्पामा लोडर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, कञ्चनखोला स्थित सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक मर्मत गर्ने क्रममा लोडर दुर्घटना भएको हो। बा २ क ८७६८ नम्बरको लोडर दुर्घटना हुँदा बदिर्या घर भएका २६ वर्षीय कमल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

लोडरको ब्रेक फेल भएपछि बाटोबाट २० मिटर तल खसेको थियो। गम्भीर घाइते भएका सहचालक कमलसहित कैलाली घर भएका ३० वर्षीय चालक समीर चौधरीलाई उपचारका लागी बुटवलको चौराह अस्पताल लगिएको थियो।

उपचारको क्रममा कमलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। चालको स्वास्थ्य अवस्था मध्यम रहेको उनले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।  

प्रकाशित: २४ जेष्ठ २०८१ १८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App