२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

ललितपुर टहरो आगलागीः गम्भीर घाइते गिरीको पनि उपचारको क्रममा मृत्यु

ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी घाएते भएका सञ्जय गिरीको मृत्यु भएको छ। योसँगै उक्त आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। गिरीको मृत्यु अघि उनका दुई छोरी र श्रीमतिको मृत्यु भइसकेको छ।

मोबिल भण्डार गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरीसहित उनका परिवारका ५ जना घाइते भएका थिए। आगलागीमा परी घाइते भएका गिरीको शनिवार मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। सञ्जय ग्वार्कोस्थित किस्ट अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

सोही अस्पतालमा सञ्जयकी श्रीमती रुपा गिरीको गत ३१ वैशाखमा उपचारकै क्रममा मृत्यु भएको थियो। आगलागी भएको भोलिपल्टै उनका दुई छोरीहरू ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाको मृत्यु भएको थियो।

आगलागीमा परी घाइते भएका सञ्जयका भतिज १५ वर्षीय नित गिरीको उपचार भने जारी छ। उनको अवस्था सामान्य बताइएको छ।

प्रकाशित: ६ जेष्ठ २०८१ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App