१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

दाङमा बस दुर्घटना हुँदा ‍२५ जना घाइते

दाङमा दुई यात्रुवाहक बस एक आपसमा ठोकिँदा २५ यात्रु घाइते भएका छन्।

घाेरही देखि बुटवलतर्फ जाँदै गरेकाे रा १ ख २५८१ नम्बरकाे यात्रुवाहक बस र बुटवलदेखि बर्दियातर्फ जाँदै गरेकाे लु १ ख ७३३६ नम्बरकाे यात्रुवाहक बस बुधबार लमही नगरपालिका–३ स्थित बनगाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको छ,भने बाँकी यात्रुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

गम्भीर घाइते हुनेमा राप्ती गाउँपालिका– २ लालमटियाकी ७८ वर्षीय चन्द्रकमला थापा रबस चालक गढवा गाउँपालिका– २ का लक्ष्मण थारू रहेका छन्। दुवैको लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ। 

बाँकी घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित: २१ चैत्र २०८० १५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App