१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पोखरा विमानस्थल बिहान ८ बजेदेखि बन्द, किरा खान रनवेमा चिलको बथान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘किरा’ले गर्दा आज बिहान ८ बजेदेखि बन्द भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार पखेटा उम्रिएका किराहरू रनवेदेखि घाँसे मैदानमा देखिएपछि ती किरा खान आएका चीलहरूले गर्दा विमानस्थलमा अहिलेसम्म उडान हुन सकेकाे छैन्।

एक्कासि देखिएका किरा धपाउन विमानस्थल प्रशासनले रनवे समेत पखालिसको छ। तर रनवे पखाल्दा किरा रनवे वरपरको घाँसे मैदानमा जान्छन्। ती चिलहरू पनि तीनलाई खान घाँसे मैदानमा जान्छन्। अहिले फेरी ती किराहरू रनवेमा आएपछि चिलको बथान पनि रनवेमा छ।

सुवेदीका अनुसार यही समस्याले गर्दा काठमाडौँबाट पोखराका लागि उडेका तीन वटा विमान फेरी काठमाडौँ नै डाइभर्ट भएका छन् भने अहिलेसम्म विमानस्थलका उडान सुचारु हुन सकेको छैन। बुद्ध र यति एयरका विमान काठमाडौँ डाइभर्ट भएका हुन्।।  

‘हामीले रनवे पखालेर केही बेर अघि विमानस्थल खुला त गर्‍याै  तर किराको समस्या समाधान भएन’, सुवेदीले नागरिकन्यूनसँग भनिन, ‘उडान सुचारु हुन सकिरहेको छैन।’ उनले विमान सुचारुका लागि पहल गरिरहेको बताइन्।

प्रकाशित: ११ चैत्र २०८० १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App