नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर एवं एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले डेढ खर्ब भन्दा बढीको क्षति हुने गरी व्यक्तिगत र सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट हाल्न नहुने बताएका छन् ।
एमाले मनकामना टोल कमिटी दमकले आयोजना गरेको टोल भेलालाई सम्वोधन गर्दै पार्टी केन्द्रीय दाहालले गत भदौं २३र२४ गते जेनजी तोडफोड गर्न बन्द कोठामा बसेर उक्साउने बालेन शाहलाई भोट दिन नहुने बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रको विकासका लागि गरेको योगदान अतुलनीय रहेको बताउँदै उनले ओलीको भूमिका स्थानीय विकास मात्र नभइ राष्ट्र,राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षणका लागि महत्वपूर्ण रहेको बताए ।
प्रकाशित: १६ माघ २०८२ १८:५८ शुक्रबार





