२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मिथिला माध्यमिकी परिक्रमा हनुमानगढी पुग्दै

मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ। धनुषाको मिथिला बिहारी नगरपालिका– ८ कौचरीस्थित मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारी डोला निकालेर १५ दिवसीय माध्यमिकी परिक्रमा सुरु गरिएको छ।

मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारीको डिला लिएर झाँकी किर्तनसहित श्रद्धालु जनकपुरको हनुमानगढीका लागि प्रस्थान गरेका छन्। जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य मन्दिरबाट निकालिएको डोला हनुमागढीमा जम्मा भई राति विश्राम गर्ने छ।

हनुमानगढीबाट फागुन २८ गते बिहानै भारत बिहार राज्यमा पर्ने कल्याणेश्वरका लागि यात्रुहरु प्रस्थान गर्नेछन्। कल्याणेश्वरबाट श्रद्धालु यात्री संकल्प लिई विधिवत् रुपमा परिक्रमा प्रारम्भ गरिने छ। २९ गते भारतकै फुलहरस्थित गिरजास्थानमा पुगेर परिक्रमा यात्रीहरु राति विश्राम गरी ३० गते बिहान भारतबाट नेपालको महोत्तरीस्थित ऐतिहासिक स्थान मटिहानी पुग्ने छ।

त्यसैगरी चैत्त १ गते जलेश्वरनाथ महादेव स्थानमा विश्राम गर्ने छ। २ गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर रात्री विश्राम गर्ने छ। ४ गते कञ्चनवन पुगेर श्रद्धालु यात्रीहरुले त्रेतायुगमा भगवान् राम र सीताले होली मनाएको धार्मिक मान्यताअनुसार उनीहरु पनि होली महोत्सव मनाउने छन्।

५ गते धनुषाको पर्वतास्थित क्षीरेश्वरनाथ महादेवस्थानमा उनीहरु विश्राम गर्ने छन् भने ६ गते धनुषाकै धनुषाधामस्थिथ धनुषमन्दिरमा पुगेर रात्रि बास बस्ने छन्। ७ गते धनुषाकै सतोखर, ८ गते औरही र चैत्त ९ गते पुनः भारतको बिहारस्थित करुण स्थानमा विश्राम तथा १० बिसौलमा पुगेर माध्यमिक परिक्रमा विधिवत् रुपमा समापन हुने छ।

चैत्त ११ गते भारतको बिसौलबाट बिहानै जनकपुर पुगेर भोलिपल्ट जनकपुरको पाँचकोसे नगर परिक्रमा गरी यात्रीहरु ऋाआफ्नो घर फर्कने छन्।

परिक्रमामा सहभागी श्रद्धालु यात्रु पराम्परागत बाजागाजा, झाँकी किर्तनसहित मौलिक पहिरनमा सहभागी हुन्छन्। परिक्रमा यात्रीहरु नेपालको १३ र भारतको २ गरी १५ विश्रामस्थलमा रात्री बास बस्नेछन्।

मिथिला माध्यमिक परिक्रमाले धनुषा, महोत्तरी र बिहारका विभिन्न धार्मिक ऐतिहासिक स्थल समेट्ने छ। उनीहरुले नेपालको १२९ र भारतको ४ गरी १३३ किलोमिटर भूभाग पैदल यात्रा गर्नेछन्।

प्रकाशित: २७ फाल्गुन २०८० १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App