१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

महानगरीय प्रहरी ज्यादतीको भर्त्सना

महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले बुधबार सुन्धारास्थित सडक व्यापारीमाथि काठमाडौं महानगर प्रहरीको दमन र हातपात गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। ‘स्वरोजगार श्रमजीवी सडक व्यापारीहरुमाथि शृंखलाबद्ध रुपमा हिंसात्मक घटना हुनुले श्रमिक वर्गप्रति महानगरको दमनकारी दृष्टिकोण प्रस्ट झल्कन्छ’, ओरेकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेपालको संविधान २०७२ को धारा ३३ को उपधारा (१) मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने, रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुनबमोजिम हुने उल्लेख छ।

उपधारा (२) मा प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक हुने उल्लेख छ। त्यसैगरी संविधानको धारा ३४ मा श्रमको हकको व्यवस्था गरिएको छ। यद्यपि संवैधानिक व्यवस्था र मर्मविरुद्ध श्रमिकमाथि भएको यो ज्यादतीले संविधानकै ठाडो उल्लंघन गरेको ओरेकले जनाएको छ।

आफ्ना नागरिकका लागि सम्मानित र सुरक्षित रोजगार सिर्जना गर्नु राज्यको दायित्व हो। यद्यपि राज्य नै श्रमिकप्रति उदासीन बन्ने र श्रमजीवी वर्गमाथि अलोकतान्त्रिक व्यवहारले संविधान र कानुनको उपहास गरेको ओरेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मानवअधिकार तथा सामाजिक न्यायकी कार्यक्रम संयोजक सुलोचना खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको दमनको भत्र्सना गर्दै सबै श्रमिकको अधिकार सुनिश्चितता र मानव अधिकार प्रत्याभूतिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछाैं।’

प्रकाशित: १९ फाल्गुन २०८० ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App