१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

नागरिकर्मी सुनार पुरस्कृत

नागरिकर्मी पवित्रा सुनारलाई यो वर्षको राष्ट्रिय राधा क्यासर तथा महिला हिंसा विरुद्धको पत्रकारिता पुरस्कार प्रदान गरेको छ।

महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सञ्चालन गर्न स्थापना भएको राधा क्यान्सर फाउन्डेसनले सुनारलाई यस क्षेत्रमा कलम चलाएर जनस्वास्थ्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरेको हो।

फाउन्डेसनले बुधबार आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिन्दु पौडेलले क्यान्सर न्यूनीकरण गर्न सबै एकजुट हुनुपर्ने बताए। खानपानकै कारण क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई सचेत गराउन आवश्यक रहेको बताउँदै उनले क्यान्सर पीडितहरूलाई सरकारले दिने रकम बढाउन आफुले पहल गर्ने बताए।

प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा विनोद पौडेलले जीवनशैली परिवतनै गर्न सकेमा क्यान्सरजन्य रोग नियन्त्रण गर्न सकिनेमा जोड दिए। करिब ९० प्रतिशत मानिस खानपानमा ध्यान नदिँदा क्यान्सरजस्तो घातक रोगको सिकार भएको बताए। कार्यक्रममा फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले सरकाले क्यान्सर पीडितलाई उपचारकालागि दिने रकम बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित: ९ फाल्गुन २०८० २०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App