१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुको सुरही खोलामा बस खस्यो, २ को मृत्यु, ८ गम्भीर

घाइतेको अवस्था चेकजाँच गर्दै सुरक्षाकर्मीहरु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बुधवार मध्यरातमा महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रु बस तल खस्दा २  जनाको मृत्यु भएको छ।

घटनामा ३२ जना घाईते भएका छन। सुदुर पश्चिमको सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो। चन्द्रौटा देखि उत्तर १६ किलो मिटर मोडमा दुर्घटना भएको उद्धारमा आफै खटेका प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए।

घटनामा २ जनाको मृत्य भएको र अन्य ८ जना गंभीर घाईते अवस्थामा रहेको उनले बताए। घटनास्थलमा उद्धारमा पुगेका सशस्त्र प्रहरी उपरिक्षक जीवन कुमार केसीले दुर्घटनामा थप मानविय क्षाति हुनसक्ने अनुमान गरेका छन्।

२ जनाको शव घटनास्थलमा आफुले देखेको र अन्य ८ जनाको अवस्था गम्भीर देखेको उनले बताए। घाईतेको उद्धार कार्यकालागि नेपाल र सशस्त्र प्रहरीको टोली राति नै घटना स्थल पुगेको छन। घाईतेहरुलाई उद्धार गरी चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रमा उपचार केन्द्रमा लगिएको छ।

 ३३ जना उद्धार गरिीएको त्यस मध्ये ९ जनालाई थप बुटवल स्थित चौराहा अस्पतालमा उपचारकालागि पठाइएको प्रहरी उपरिक्षक पौडेलले बताए। मृतकको संख्या भने अझै सम्म यकिन भएको छैन। मृतक र घाईतेको अझै नाम नखुलेको प्रहरी उपरिक्षक पौडेलले बताए। बसमा ३ जना गाडी स्टाफ र ३७ जना यात्रु गरी ४० जना सवार थिए।  

प्रकाशित: ३ फाल्गुन २०८० ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App