१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाहीमा सवारी दुर्घटना: नापी प्रमुख सहित दश जना गम्भीर घाइते

सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्। 

नापी कार्यालय मलङगवाका प्रमुख संजय मानन्धर सहित नापीका अन्य कर्मचारी सवार जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मलङगवा नवलपुर सडक-खण्ड अन्तर्गत चमेली माई मन्दिर नजिकै तीव्र गतिमा आइरहेको जिपले अगाडि रहेको ज २ त १०६७ नम्बरको उखु बोकेको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटना ग्रस्त बिआर ०६ पिडि ९६४८ नम्बरको भारतीय जिपमा सवार सबै नापी कार्यालयका कर्मचारी रहेको बुझिएको छ।

घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई सदरमुकाम मलङगवा स्थित सरकारी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्ज, जनकपुर र काठमाडौं रिफर गरिएको छ।

घाइते हुनेहरूमा नापी प्रमुख संजय मानन्धर, कर्मचारी वैद्यनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र याद, विनोद घिमिरे, शाहिद अनवर र  रामबाबु राय रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २२ माघ २०८० २२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App