२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सेनाद्वारा मालागढीको सरसफाइ

 नेपाली सेनाले गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत नेपाल–चीन सिमानामा अवस्थित ऐेतिहासिक मालागढी क्षेत्रको सरसफाइ गरेको छ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएको विष्णुदल गणका गणपति विक्रम थापाको नेतृत्वमा सेनाका अधिकृत तथा जवानले सो क्षेत्रको सरसफाइ साथै राष्ट्रिय झन्डा फहराउने कार्य हालै सम्पन्न गरेका हुन्। ऐतिहासिक क्षेत्रको संरक्षणका साथै सुरक्षामा योगदान पुर्‍याउँदै आएको सेनाले भौगोलिक विकटता रहेका स्थानमा अवस्थित नेपाल–चीन सीमा क्षेत्रको अनुगमनसमेत गर्दै आएको छ।

मालागढी क्षेत्रमा सुरक्षा पोस्ट स्थापना गर्नुपर्ने त्यहाँका बासिन्दाले माग गर्दै आएका छन्। मालागढीमा सशस्त्र प्रहरीको बिओपी पोस्ट् स्थापना गर्न जिल्लास्तरबाट प्रमुख जिल्ला अधिकारीका अध्यक्षतामा मालपोत, नापीसमेत निकायको बैठकले सिफारिससमेत सम्बन्धित निकायमा पठाएको जनाइएको छ। –रासस

प्रकाशित: ३ माघ २०८० ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App