२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

इच्छाराजलाई तत्कालै थुनामुक्त गर्न सर्वोच्चले मानेन

सर्वोच्च अदालतले संविधानसभाका पूर्व सदस्य एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई थुनाबाहिरै बसेर मुद्दा लड्ने विषयमा परेको मुद्दामा प्रतिवेदन माग्ने आदेश गरेको छ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले तामाङको मुद्दामा विशेष अदालतले थुनामा पठाउन गरेको आदेशको प्रतिवेदन झिकाउने आदेश गरेको हो।

आफूलाई थुनामा पठाउन विशेष अदालतले गरेको आदेशविरुद्ध तामाङले सर्वोच्चमा निवेदन दिएका थिए। उनले आफू थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनुपर्ने भन्दै सर्वोच्चमा पुस १७ मा निवेदन दर्ता गरेका हुन्।

उनको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन छ। विशेष अदालतले पुस १ मा साक्षी बुझ्ने आदेश गरेको थियो। इच्छाराज हाल पुर्पक्षका लागि डिल्लीबजार जेलमा थुनामा रहेका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ मा आपराधिक लाभ मार्फत ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै तामाङविरुद्ध आरोप पत्र दर्ता गरेको थियो। विभागले तामाङसहित उनकी पत्नी, छोरीलगायत ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दर्ता गरेको हो। इच्छाराजको परिवारलगायत ६ जनासँग करिब ५ अर्ब रुपैयाँ बिगो मागदाबी गरिएको छ।

प्रकाशित: १९ पुस २०८० ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App