एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै माइतीघरमा मानवअधिकारकर्मी र अभियन्ताहरूले प्रदर्शन गरेका छन्।
बिहीबार माइतीघरमा उनीहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शन गरिरहेका मानवअधिकारकर्मी र अभियन्ताहरूलाई प्रहरीले भने नियन्त्रणमा लिएको छ।
स्थानीय प्रशासनले माइतीघर क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।
प्रकाशित: ५ पुस २०८० ०८:१६ बिहीबार