coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

एनसेल बिक्रीविरुद्ध प्रदर्शन गर्ने मानवअधिकारकर्मी पक्राउ (तस्बिरहरु)

बिहीबार माइतीघरमा उनीहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शन गरिरहेका मानवअधिकारकर्मी र अभियन्ताहरूलाई प्रहरीले भने नियन्त्रणमा लिएको छ।

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लामै राख्न माग

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थानमा राख्न माग गरिएको छ।

‘ओली सरकारः किर्तेतन्त्र बन्द गर’ (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित गर्न खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ।

हेग गएर हिरो भइँदैन : अधिकारकर्मी

मानवअधिकारकर्मीहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहालको ‘हेग जान पाए हिरो बन्थें’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनीहरूले हेगमा युद्धअपराधमा संलग्न व्यक्तिलाई लगिने भएकाले त्यस्ता संवेदनशील विषयमा हल्का अभिव्यक्ति नदिन दाहाललाई सुझाएका छन्। एमनेस्टी इन्टरनेसनल नेपाल समूह ३ काठमाडौंले शनिबार राजधानीमा गरेको कार्यक्रममा अधिकारकर्मीहरुले संक्रमणकालीन न्याय निरुपणमा सरकार समयमै संवेदनशील बन्नुपर्नेमा जोड दिए। सरकार वा सरकारमा रहेका दलहरू संक्रमणकालीन न्याय निरुपणमा गम्भीर नरहेको सन्देश विश्वस्तरमा जाने क्रम सुरु भइसकेको उनीहरुको भनाइ छ। समयमै त्यसको सम्बोधन नभए मुलुकलाई नै ठूलो नोक्सानी पुग्ने उनीहरूले चेतावनीसमेत दिए।

अन्तर्राष्ट्रिय चलखेल बढ्याेः मानवअधिकारकर्मी

मानवअधिकारकर्मीहरूले संक्रमणकालीन न्याय निरुपणमा भएको ढिलाइका कारण मुलुकभित्र फेरि अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढेको बताएका छन्।

भारतीय दूतावास अगाडि मानवअधिकारकर्मीको प्रदर्शन

लैनचौरस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने मानवअधिकारवादी अगुवालाई प्रहरीले पक्राउ गरेको छ।  भारतमा भएको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विक्रम ढुकुछु, महासचिव कर्ण कुँवर लगायत प्रदर्शनकारीलाई लैनचौर प्रहरी वृत्तले शुक्रवार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्