४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बेपत्ता कीर्तिमानी आरोही शेर्पाको खोजी अर्को वर्ष हुने

फाइल तस्बिर : सेभेन समिट ट्रेक्स।

हिमपहिरोमा बेपत्ता कीर्तिमान आरोही तेन्जेन शेर्पाको खोजी तथा उद्धार अर्को वर्ष मात्रै हुने भएको छ। उनी गत अक्टोबर ७ मा बेपत्ता भएका थिए।

यस वर्ष हिमाल आरोहण तथा खोजी उद्धारको लागि सिजन सकिएको र बेपत्ता तेन्जेन लगायतको खोजी पुनः अर्को वर्ष गरिने उनी आबद्ध कम्पनी सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले बताए।

‘यो वर्षको लागि सिजन सकिसक्यो, अब अर्को वर्ष फेरी खोजी जारी गर्छौ’, उनले भने, ‘आगामी मार्च, अप्रिलमा उनलाई खोज्न फेरि जानेछौं’, उनले थपे, ‘कम्पनीले आउने सिजनमा तेन्जेनको खोजीको लागि आठ जना शेर्पाहरु पठाउँछौं।’

महाप्रबन्धक गुरागाईंले तेन्जेनको खोजीका लागि आठ जना शेर्पाहरु शिशापाङमा हिमाल जाने बताए।

विश्वका ८ हजार मिटरमाथिका १४ हिमाल सबैभन्दा कम समयमा आरोहण गरी गत २७ जुलाईमा विश्व कीर्तिमान कायम गरेका आरोही तेन्जेन शेर्पा हिमपहिरो पहराइरहेका छन्। उनी तिब्बतस्थित १४ औं हिमाल सिसापाङमाको आरोहण गर्ने क्रममा हिमपहिरोमा परी उनी हराइरहेका हुन्।

दुर्घटना भएको थाहा पाए लगत्तै कम्पनीले आफ्नो पहलबाट गर्नसक्ने प्रयास सबै गर्दा पनि तेन्जेन फेला पार्न नसकिएको गुरागाईंले बताए। उनले यस वर्ष कम्पनीका मान्छेहरू आफैले प्रबन्ध गरेर खोज्ने परिस्थिति पनि नभएको बताए।

उनले भने, ‘पटक पटकको पहलमा पनि चिनियाँ सरकारले हामी आफै गएर उनको खोजी गर्न अनुमति नै दिएन।’

तत्कालीन समयमा त्यही भएका आरोहीहरूबाट सहयोग पाएको बताउँदै उनले थपे, ‘त्यही भएका अन्य आरोही साथीहरूले तेन्जेन तथा हिम पहिरोमा परेका अन्यहरुको खोजी गर्न सहयोग गरेका थिए, हामीले पनि आफ्नो तहबाट गर्न सक्ने सहयोग गरिदिन उनीहरूलाई आग्रह गरेका थियौ।’

गुरागाईंका अनुसार सरकारले पनि तेन्जेनको खोजी कार्यको लागि कम्पनीलाई सक्दो सहयोग गरेको बताए। सरकारले सम्बन्धित निकायमा खोजी उद्धारको लागि कुरा गरिदिएको जनाउँदै उनले सरकारी सहयोगका बाबजुद पनि चाइनाले कम्पनीलाई तेन्जेनको खोजी गर्न जानका लागि अनुमति नदिएको बताए।

सेभेन समिट ट्रेकबाट आरोहण गरेका उनीहरूले १४ वटा हिमालको आरोहण ३ महिना २ दिन अर्थात् ९२ दिनमा पूरा गरी कीर्तिमान कायम गरेका थिए।

विश्व कीर्तिमान कायम गरेको ७२ दिनमै हिमपहिरोमा परी उनी गत ७ अक्टोबरदेखी बेपत्ता छन्। उनलाई ८ अक्टोबरमा चिनियाँ सरकारले मृत्यु भएको भनी घोषणा गरेको थियो। ७ अक्टोबरदेखि हिमापहिरोमा परी बेपत्ता भएका उनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

प्रकाशित: २१ मंसिर २०८० ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App