१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

‘भोलि अत्यावश्यक काम परे मात्र सवारी साधनको प्रयोग गर्नु’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि अत्यावश्यक काम परे मात्र सवारी साधनसहित बाहिर निस्किन आग्रह गरेको छ।

कार्यालयले आज एक सार्वजनिक सूचनामार्फत भोलि उपत्यकामा विभिन्न समूहका प्रदर्शन हुने सुनिएकोले त्यसले सिर्जना हुने सवारी आवागमनमा असहजता हुने कुरालाई ध्यान दिएर सवारी साधन कम प्रयोग गर्न आग्रह गरेको हो।

यस्तै ट्राफिकले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ.एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ।

‘तपाईँको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न हुन विनम्र अनुरोध गर्दछौँ,’ सूचनामा उल्लेख छ।

प्रकाशित: ६ मंसिर २०८० ०९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App