२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थल प्रहरीको निगरानीमा

संघीय राजधानी काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थलहरु प्रहरीको निगरानीमा परेका छन्। दुर्गा प्रसाई समूहले राजधानी बाहिरबाट मान्छे ल्याउने र त्यहाँ आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरु समेत छिर्ने सम्भावना रहेको भन्दै सुरक्षास्थितिलाई ध्यानमा राखी निगरानी बढाइएको हो। 

प्रहरी उच्च स्रोतका अनुसार विभिन्न धार्मिक समूहले पनि प्रसाईको आन्दोलनमा साथ दिएको सूचना पाएसँगै धार्मिक दंगा र हिंसा नभड्कियोस भनेर सार्वजनिक पाटी पौवा, धर्मशाला, पार्टी प्यालेस लगायका स्थानलाई उच्च निगरानीमा राखेको हो।

‘सार्वजनिक स्थलमा हतियार प्रर्दशन लगायतका कार्यक्रम गर्न पाइदैन तर हामीले पाएको सूचना अलि फरक रहेकाले पार्टी प्यालेसहरु निगरानीमा परेका हुन्’, प्रहरी स्रोतले भन्यो।

प्रकाशित: ५ मंसिर २०८० ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App