८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थल प्रहरीको निगरानीमा

संघीय राजधानी काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थलहरु प्रहरीको निगरानीमा परेका छन्।

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन्।

पशुपति गौशाला धर्मशालामा डोजर लगाएकोमा विरोध

मारवाडीले भने कानुनबमोजिम धर्मशाला, डायलासिस सेन्टर तथा गाईबाच्छा पालन गरी समाजसेवा गरिरहेको जनाउँदै धर्मशाला भत्काउने प्रयास भएकोमा गम्भीर आपत्ति जनाएको छ। साथै भत्काउने योजना बन्द गर्न कोषलाई आग्रह गरेको छ।

बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले आज यसअघि गत चैत २५ गते बतास समूहका पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो। यो आदेशसँगै उक्त समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने भएको छ।

पशुपति धर्मशालामा सञ्चालित होटल बन्द

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल-भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ।

धर्मशालामा सञ्चालित होटलः तीन घन्टामै खोलियो सरकारले लगाएको ताला

कोषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारीलाई नरहेको भन्दै गेट खोलेनन्। त्यसपछि कोषले गेटको बाहिरबाट पनि ताला लगाएर त्यहाँ सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मी खटाएर गेटमा सूचना टाँसेर हिँडेको थियो। पदाधिकारी हिँडेपछि होटल व्यवस्थापनले कोषले लगाएको ताला खोल्न खोजेपछि झडपको स्थितिसमेत देखिएको थियो।

बतास समूहले चलाइरहेको धर्मशाला छिट्टै सरकारको स्वामित्वमा ल्याउँछौं: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समुहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन्।

बतास समूहले पाएको अल्पकालीन आदेश खारेज

उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले हिजाे अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो।

बतास समूहसँग गरिएको सम्झौता रद्द गरिँदै

बतास समूहसँग भएको सम्झौताबारे छानबिन गर्न बनेको समितिले समेत सम्झौता रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको थियो। प्रतिवेदनको सोही सुझावको आधारमा सम्झौता रद्द हुन लगेको जनाइएको छ। प्रतिवेदनमा सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको जनाउँदै सम्झौता रद्द गर्न सुझाइएको थियो।

पशुपति धर्मशालाः बताससँगको सम्झौता खारेज गर्न सुझाव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले सम्झौता गैरकानुनी भएको समेत दाबी गरेको छ। पछिल्लो समय विवादमा आएको बतास समूहले ठेक्का सम्झौतामै मिलेमतो गरेरनारायणहिटी दरबार संग्रहालय परिसरमा डान्सबार सहितको रेस्टुरेन्ट खोल्न लागेको यसअघिको प्रतिवेदनले देखाइसकेको छ।

बूढानीलकण्ठ धर्मशालाको शिलान्यास

भारत सरकारले भूकम्पबाट क्षतिग्रस्त बूढानीलकण्ठ धर्मशाला निर्माण गरिदिने भएको छ। उक्त धर्मशालाको लागि दुई करोड अनुमान गरिएको छ। बिहीबार भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

हलेसीमा करोडको धर्मशाला शिलान्यास

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त धर्मशाला शिलान्यास गरिएको छ। किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा नेपाल आयल निगमको सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमबाट धर्मशाला शिलान्यास गरिएको हो।

गढिमाईमा विवाहमण्डप र धर्मशाला बनाइँदै

महागढिमाई नगरपालिका–१ को बरियारपुरस्थित गढिमाई मन्दिरपरिसरमा विवाह मण्डप र धर्मशालाको शिलान्यास गरिएको छ। प्रदेश सरकारको सहयोगमा निर्माण गरिने विवाह मण्डप र धर्मशालाको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शनिबार एक कार्यक्रमबीच शिलान्यास गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्